मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । नगरपालिकाले स्वास्थ्यकर्मी परिचालनदेखि दैनिक रुपमा गरिने क्रियाकलापको रिपोर्ट प्रत्येक दिन बेलुकी सार्वजनिक गर्ने गरेको छ । खाद्यन्नको आपूर्ति, क्वारेन्टिनको व्यवस्थापन, विदेशबाट आएकाहरको कन्ट्र्याक ट्रेसिङ लगायत थुप्रै राम्रा कामहरु थाहा नगरपालिकाले गरिरहेको छ । त्यसतः घरघरमै पुगेर आरडिटी टेष्ट, दिर्घरोगी तथा नियमित औषधि सेवन गर्नेहरुलाई वडामै औषधि पु¥याउने व्यवस्थालगायत स्थानीय सरकारको अनुभव दिलाउन सक्षम भएको छ । प्रस्तुत छ, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको पेरीफेरिमा रहेर नगर प्रमुख लवशेर विष्टसंग गरिएको कुराकानीः
थाहा नगरपालिकामा कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि के गरिरहनू भएको छ ?
– कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि थाहा नगरपालिकाको क्षमताले भ्याएसम्म काम गरिरहेको छ । मुलुकमा संक्रमण रोक्न र फैलन नदिन जब २०७६ चैत्र ११ गतेबाट बन्दाबन्दी अर्थात लकडाउन शुरु ग¥यो यसपछि तुरुन्त हामीले यसको कार्यान्वयन र स्थानीय तहको तर्फबाट गर्नुपर्ने कामहरुलाई अगाडि बढाउन कोरोना भाइरस रोकथाम तथा नियन्त्रण थाहानगर समन्वय समिति गठन गरेका छौं । १२ गते समन्वय समितिको नगरस्तरीय सचिवालय समेत तयार गरी जिम्मेवार बाँडफाँड गरेर काम अघि बढाइरहेका छौं । यसका लागि स्वास्थ्यका सम्पूर्ण अवस्थाको सहयोग÷व्यवस्थापन गर्न स्वास्थ्य संयोजक तथा अन्य राहत तथा उद्धार, क्वारेन्टिन, खाद्यन्न आपूर्ति, दैनिक तथ्याङ्क संकलन तथा प्रतिवेदन तयारी र सम्बन्धीत निकायमा पठाउने सम्मको संरचना निर्माण गरी काम भैरहेको छ । यसका साथै नगर प्रवेश गर्ने नाकाहरुमा हेल्थ डेस्क स्थापना तथा स्वास्थ्य जाँच, दैनिक स्वास्थ्य संस्थाहरुमा जाँच भएका विरामीहरुको आवस्था विश्लेषणलगातयको कार्य गरी रोकथाम तथा नियन्त्रणका लागि नगरको तर्फबाट काम गरिरहेका छौ. ।
विदेशबाट फर्केका तथा संक्रमणको आशंका भएकाहरूको पहिचान र क्वारेन्टिनमा राख्ने व्यवस्था कस्तो छ ?
– हाम्रो नगरमा भारत लगायत अन्य देशहरुबाट समेत गरी शुरुमा ८० जना विदेशबाट आएका नागरिक थिए । त्यसमध्ये पहिलो लकडाउन अवधिमै स्थानीय तहसंगको समन्वयमा १० जना भारतीयहरु स्वदेश फर्किए । बाँकी ७० जना अहिले हाम्रो नगर क्षेत्रमा रहेका छन् । सबैभन्दा बढि भारतबाट फर्केका नागरिक रहेका छन् । स्वदेश फर्केकाहरु १० जनालाई पनि हामीले डाक्टर मार्फत स्वास्थ्य परीक्षण गरेर मात्र पठाएका हौ । बाँकी ७० जनाको घरघरमा डाक्टरसहितको टोली पुगेर स्वास्थ्य जाँच गरी सबैको ‘ट्राभल हिस्ट्र’ लिएका छौं । उनीहरुलाई होम क्वारेन्टिनमा बस्न भनेका छौं, निगरानीमा राखेका छौ । उनीहरुलाई हाम्रो डाक्टरसहितको स्वास्थ्य कर्मीको टोलीले दिनदिनै फोन गर्छन, अवस्था बुझ्छन् । उनीहरुलाई हामीले चरण चरणमा स्वास्थ्य जाँच र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी काउन्सिलिङ गरेका छौं । विदेशबाट आएकाहरु मध्येबाट हाम्रो नगरपालिकामा अब जोखिम छैन भन्ने आँकलन गर्न थालेका छौं । हामीले दैनिक जोखिम विश्लेषण तालिका बनाएर त्यसका लागि कार्य योजनासहित काम गरिरहेका छौं । अहिले हाम्रो नगरपालिका क्षेत्रमा विदेशबाट आएको २१ दिन ननाघेको कोही पनि नागरिक छैनन्् । २८ दिन ननाघेको २ जना र अरु सबै २८ दिन पनि नाघिसकेका छन् । हामीले यसको आधार २०७६ फागुन १५ गतेलाई बनाएका छौं । हामीले विदेशबाट आएका वा स्वदेशकै विभिन्न भागबाट आएका कोही कसैलाई आशंका लागेमा वा क्वारेन्टिमा राख्नुपर्ने अवस्था भएमा हामीसंग डाक्टरसहितको टोलीको क्वारेन्टिनमा २४ सै घण्टा स्ट्याण्डवाइ छ । पाँच वटा हाई केयर रुमसहित २५ वटा कोठासहितको क्वारेन्टिन हाम्रो तयारी अवस्थामा रहेको छ ।
राहत वितरण गर्ने काम के कसरी अघि बढिरहेको छ ?
– राहत भन्ने वित्तिकै मानिसहरु आफै सक्रिया हुने र खोज्ने गुनासो गनैृ स्वभाविक नै हो । तर रहात वितरण गर्न र यसको सबै व्यवस्थापनमा सजिलो बनाउनको लागि कार्यविधि बनाएका छौं । कार्यविधिमा मापदण्ड तोकेका छौं । मापदण्डमा परेकाहरुलाई वडा कार्यालयले सिफारिस गर्छ । वडास्तरमा पनि समिति गठनको व्यवस्था हामीले कार्यविधिमै गरेका छौं । हाम्रो प्रत्येक वडामा कम्तिमा ४ वटा हुनेगरी क्लष्टर बनाएका छौं । ति क्लष्टरहरुले वडा समितिलाई रातह दिनूपर्ने व्यक्तिहरुको लागि सिफारिस गर्छन् । यस्तो सिफारिस हाम्रो बजार व्यवस्थापन समिति, टोल विकास समिति, नगरमा रही सामाजिक क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुले पनि गर्ने बाटो खुल्ला गरेका छौं । त्यसरी आएको सिफारिसलाई वडा समितिले मसिनो ढंगले विश्लेषण गर्छ र बल्ल नगरपालिकामा पठाउँछ । त्यसका लागि हामीले दुई किसमको राहत प्याकेज बनाएका छौं । ४ जनासम्मको परिवारका लागि र सो भन्दा माथिका लागि अर्को प्याकेज । पहिलो ४ जनासम्मको प्याकेजमा १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, एउटा पोका नून र एउटा हातधुने साबुन रहेको छ भने दोस्रो प्याकेजका लागि २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, एउटा पोका नून र एउटा हातधुने साबुन रहेको छ । अहिलेसम्म हामीले जम्मा ४६ जना राहत दिनै पर्ने परिवारलाई राहत बाँडेका छौं । केही समस्या परिहाले रहातको अवस्था तथा व्यवस्थापन हेर्नका लागि भिन्दै फोकल पर्सन पनि तोकेका छौं । हामी पारदर्शी र नागरिकको सहज पहुँच कसरी गराउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा रहेर राहतको कार्यक्रम संचालन गरिरहेका छौं । राहत पाउनै पर्ने नछुटुन्, अरुले पाएर दुरुपयोग नहोस भन्ने नितिमा छौं । लोकप्रियतालाई होइन, आवश्यकतालाई ध्यानमा राखेर राहत बाँड्छौं ।
नगर बाहिर रहेकाहरुलाई आफ्नै घर ल्याइदिने विषयमा केही सोच्नू भएको छ ?
– हामी नागरिकलाई तुरुन्त नगरमा भित्र्याउने भन्ने प्राथमकितामा भन्दापनि उनीहरुको गाँस बास र कपासको सवालमा पहिलो चरणमा केन्द्रित छौं । पहिले त हाम्रा नागरिक कहाँ कहाँ छन् ? भन्ने कुरा पत्ता लगाउनु प¥यो । यसका लागि हामीले अनलाई सर्भे सिस्टम प्रयोगमा ल्याएका छौं । विभिन्न १० वटा प्रश्नावली त्यसमा राखेका छौं । यसबाट उनीहरुको अवस्था थाहा हुन्छ । कोहीले खानै पाएका छैनन् भने त्यस्ता व्यक्तिलाई सबैभन्दा पहिले हामी अन्तरपालिका, अरु सहयोगी व्यक्ति तथा संस्थाको सहयोगमा खानको लागि रहातको व्यवस्थापन गछौं । हामीले काठमाण्डौंमा समस्यामा परेका एक जनालाई सहयोग पनि गरिसकेका छौं । कोठामा बस्न समस्या भो भने घरधनीसंग कुरा गरेर सहज बस्ने व्यवस्था गर्छौ । स्वास्थ्यमा समस्या आए उपचारको लागि समन्वय गर्छौ । यति गरेपछि ऊ आफ्नो घरमा बसे जसरी ढुक्कसंग बस्न सक्छ । अब, अन्तिममा ति कुराहरु व्यवस्थापन हुन सकेन भने हामी उद्धारको चरणमा जान्छौं, प्रदेश तथा संघीय सरकारसंगको समन्वयमा ल्याउँछौं । हामी हाम्रो नागरिकलाई कहिँ कतै भोकै मर्न दिदैनौ, उद्धार गरेरै छाड्छौं ।
¥यापिड डाईग्नोस्टिक टेस्टको कार्यक्रमलाई कसरी अघि बढाइरहनु भएको छ ?
मैले अघिपनि भने, हामी नागरिकको स्वास्थ्यको विषयमा एकदम गम्भीर छौं । नत्र किन दिनदनैको स्वास्थ्य संस्थाको विरामी परीक्षण प्रतिवेदन संकलन गर्नु, त्यसको विश्लेषण गरी विरामीलाई फलोअप गर्नु । ¥यापिड डाईग्नोस्टिक टेस्टबाट हामीले विदेशबाट आएकाहरुलाई मात्र परीक्षण केन्द्रित गरिरहेका छौं । हामीलाई स्वास्थ्य कार्यालय मकवानपुरबाट पहिलो चरणमा ४० वटा र दोस्रो चरणमा थप ४० वटा किट प्राप्त भएको थियो । किटबाट हामीले हालसम्म विदेशबाट आउका ७० मध्ये ३९ जनाको परीक्षण गरिसकेका छौं । यो अभियान निरन्तर गरि पनि रहेका छौ । कुनै पनि लक्ष्ण देखिएको छैन । हामीले परीक्षण गर्दा विदेशबाट आएको सबैभन्दा कम दिन भएकाहरुलाई प्राथमिकतामा राखेर लुईजना ल्याब टेक्नििसियन र २ जना डाक्टरसहितको स्वास्थ्यकर्मीको निगरानीमा परीक्षण गरिरहेका छौं ।
स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षाका सबालमा के गर्दै हुनुहुन्छ ?
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा रहेका स्वासथ्यकर्मीहरुको सुरक्षाका लागि हामी संवेदनशील छौं । हामीले उनीहरुको सुरक्षाका लागि अपनाउनु पर्ने सुरक्षा सामाग्री व्यवस्थापन गरिदिएका छौं । असुरक्षाकै कारण उपचारमा कठिन हुन नदिन हामी हरतरहले लागि परेका छौं । उपचार तथा फिल्डमा जाँदा चाहिने सबै सामाग्रीहरु हामीसंग थोर बहुत छ । तत्काल जोखिममा परेका व्यक्तिलाई क्वारेन्टिामा राख्न परे त्यसका लागि स्वासथ्यकर्मीले लगाउने पिपिई लगायत सबै सामाग्री तयारी अवस्थामा छन् ।
लकडाउनलाई कसरी कार्यान्वयन गरिरहनु भएको छ ?
– लकडाउन संघीय सरकारले घोषणा गर्छ हामी सथानीय सरकारले त्यसलाई पालना गर्नु गराउनु दायित्व हो । स्थानीय प्रशासनसंगको समन्वयमा यसलाई थप व्यवस्थित गरिरहेका छौं । प्रत्येक वडामा खाद्यन्नलगायत अति आवश्यकीय वस्तुको कारोबार हुने व्यापारिक प्रतिष्ठान खोल्ने समय तोकिएको छ । नागरिकहरु रुटिनमा बजार जान्छन् । अन्य बेला बजार पुगे पसल खुल्दैन । भौतिक दुरी कायम गर्ने उपायहरु अवलम्बन गरेका छौं । लकडाउनलाई थप पालना र व्यवस्थित गर्न वडा तथा वडा मातहतमा रहेका क्लष्टरहरु सक्रिय छन् । यसमा स्थानीइ व्यक्तिहरुको पनि सहयोग उत्तिने रहेको छ ।
गुनासा, समस्याहरू के कस्ता आउँछन ? सम्बोधन कसरी गरिरहनु भएको छ ?
– नगरपालिकास्तरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालय छ । सचिवालयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा प्रशासनिक कर्मचारीहरु छन् । उनीहरुबीच पनि जिम्मेवार बाँडफाँड छ । अर्थात सबै सचिवालयका सदस्य कुनै न कुनै विषयको फोकल पर्सन तोकिएको छन् । उनीहरुलाई नागरिकले सिधै सम्पर्क गर्न सक्ने गरी मोबाइल नम्बरहरु पनि सार्वजनिक गरिएको छ । सिधै पनि भन्न सक्छन् । दिनदिनै सचिवालयको बैठक बस्छ । बैठकमा नागरिकहरुबाट आएको सावलहरुको विषयमा छलफल हुन्छ, निर्णय हुन्छ र तुरुन्तै कार्यान्वयमा जाने व्यवस्था गरिएको छ । गरेका निर्णय र भएका कामको दिनदिनै रिपोर्ट तयार हुन्छ । तयार भएको रिपोर्ट प्रधानमन्त्रीको कार्यालय, गृह, प्रदेश मुख्यमन्त्रीको कार्यालय अन्य सरोकारवाला मन्त्रालयहरु, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासनलगायतको निकायहरुमा पठाउने व्यवस्था गरिएको छ । रिपोर्ट मकवानपुरका पत्रकार तथा संचार गृहहरुलाई पनि दिनदिनै पठाउने व्यवस्था गरिएको छ ।
ट। महामारीका बेला कालोबजारी हुन्छ भन्ने गुनासाहर आउँछन् तपाईंको पालिकामा स्थिति के छ ?
– दुर्भाग्य भन्नुपर्छ अहिलेसम्म यो गुनासो नगरपालिकामा आएको छैन । हामी खाद्यन्न ढुवानीलाई कसरी ओसार पसारमा सहज गराउन सकिन्छ भनेर जिल्ला तथा स्थानीय क्षेत्रमा रहेका प्रशासन कार्यालयहरुमा समन्वय गरेर सहजीकरण गरिरहेका छौं । नगरका ठूला खाद्यन्न विक्रेताहरुको स्टक हामीलाई दिनदिनै प्राप्त हुन्छ । बढिमा ३÷३ दिनमा दैनिक प्रतिवेदनमा विवरणहरु अद्यावधिक गर्छौ । प्रत्येक पसलमा मूल्य सूचीको अनिवार्य व्यवस्थालाई थप कडाई गरेका छौं । यसले गर्दा पनि होला हाम्रो पालिकामा अवस्था सामान्य छ, अभाव पनि छैन गुनासो पनि छैन ।
जनताको सुरक्षा, स्थानीय सरकारको प्रत्याभूति, सहजताका लागी अरु केके कार्य भईरहेका छन ?
– नागरिकको सुरक्षा भन्नाले खास गरेर हामीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि र यससंग सम्बन्धीत सुरक्षाको विषयलाई ख्याल गरेर प्रचारप्रसार, सुरक्षाका उपायहरुलगायतको विषयमा उनीहरु माझ जनचेतना मुलक काम गरिरहेका छौं । लक डाउन भएपछि ज्येष्ठ नागरिक तथा दर्घि रोगीहरुले नियमित सेवान गर्ने औषधिका लागि समस्या हुने रहेछ । हामीले त्यस्तो समस्या समाधानको लागि वडामा विवरण संकलन गर्ने र सबै वडामा औषधि खरिद गरेर पु¥याउने व्यववस्था गरेका छौं । यसका लागि उकजना स्वास्थ्यकर्मी ने फोकल पर्सन तोकेका छौं । यसको साथै प्रत्येक वडाका क्लष्टरहरुमा रहेका फोकल व्यक्तिहरु जस्तै शिक्षकहरु, बजार तथा टोल विकास समितिका संयोजक र अध्यक्षहरु, वडा सदस्यहरु, लगायतका समुदायको नेतृत्व गरिरहेका व्यक्तिहरुलाई अभिमुखीकरण गर्ने काम भैरहेको छ । विपदका बेला लुटपाट तथा चोरी डकैतीका घटनाहरु हुन नहिन इलाका प्रहरी कार्यालयसंगको समन्वयमा विहान बेलुकाको गस्तीलाई थप बढाइएको छ ।
अरु पालिकाहरूसंगको समन्वय र सहकार्यमा पनि केही कार्य भएका छन् ?
– विपदका बेला अन्य पालिकाहरुसंगको समन्वय महत्वपूर्ण हुने रहेछ । यो हामीलाई महशुस भएको छ । एक अर्को स्थानीयतहहरुमा सीमा निगरानी, रोजगारलगायतको विषयमा समन्वय हुँदा संक्रमण फैलन नदिन सहयोग पुग्ने रहेछ । यसका लागि हामीले समन्वयात्मक काम गरिरहेका छौं । अर्को पाटे सिकाइ पनि हुने रहेछ । समन्वयले एक अर्को स्थानीय तहबीचको सिकाईले राम्रा काम गर्न सकिन्छ । पछिल्लो पटक हामीले तरकारी बजारिकरणको एजेण्डालाई अघि सारेका छौं । थाहा नगरपालिका तरकारी उत्पादनको पकेट क्षेत्र हो । अहिले यहाँ उत्पादन भएको तरकारी बजारसम्म लैजान समस्या छ । विक्रि वितरण पनि घटेको छ । त्यसैले मकवानपुरको १० पालिकासंग एक अर्को स्थानीय तहबीच फरक फकर उत्पादनलाई बजारिकरण कसरी गर्ने भन्ने विषयमा बहस शुरु गरेका छौं । केही पालिकाहरुमा म आफै पुगि सकेको छु । यसका लागि बागमती प्रदेश सरकारसंग पनि अनुरोध गरिसकेको छु । प्रतिक्रिया सकारात्मक छ ।