मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएका जिल्ला स्थित विभिन्न याेजना तथा आयोजना र उद्योगहरू सञ्चालन गर्ने सन्दर्भमा मापदण्ड तयार गर्न सुरू गरेकाे छ । बिहीबार बसेको कमाण्ड पोष्टको निर्णय अनुसार जिससले लकडाउनका कारण स्थगित आयोजना तथा बन्द रहेका उद्योगहरु सञ्चालन गर्नका लागि मापदण्ड तयार गर्न लागेको हो ।
बिहीबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष उपस्थितीमा बसेको कमाण्ड पोष्टको बैठकले सुरक्षात्मक उपाएहरु अपनाई जिल्लाभित्रका साना तथा मझौला योजना तथा आयोजनाहरु र उद्योगहरु सञ्चालन गर्ने म्बिन्धमा सम्बद्ध सबै पक्षसंग आवश्यक समन्वय तथा सहजीकरण गरी जिल्ला समन्वय समितिलाई मापदण्ड तयार गर्ने निर्णय गरेको हो । सोहि अनुसार जिससले मापदण्ड तयार गर्न लागेको प्रमुख खुलालले बताउनुभयो । जिल्ला स्थित आयोजना तथा उद्योगहरु सुरक्षित उपाए अपनाएर सञ्चालन गर्न मापदण्ड बनाउन लागिएकाे उहाँले बताउनुभयो । छिट्रटै नै स्थानीय तह समन्वय बैठक राखेर यस बारे थप निर्णय गरिने समेत प्रमुख खुलालले जानकारी दिनुभयाे ।
त्यस्तै बिहीबार बसेको बैठकले किसानलाई कृषि कार्यकालागि मल उपलब्ध गराउने सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड, हेटौंडाले आवश्यक व्यवस्था मिलाउने र कृषि कार्यकोलागि आवश्यक बीउ बीजनको व्यवस्थापन तथा समन्वय मकवानपुर उद्योग वाणिज्य संघले गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।