मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट बुधबार जिल्लाको बिकट राक्सिराङ गाउँपालिकामा अनुगमन गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) का कारण स्थानीय तहहरुमा परेको प्रभाव तथा त्यसको व्यवस्थापन लगायतका विषयमा जानकारी लिने क्रममा बुधबार जिल्लाको विकट राक्सिराङ गाउँपालिकाको अनुगमन गरिएको हो ।

जिल्लाका विभिन्न स्थानीय तहमा पुग्ने क्रममा बुधबार जिसस प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतको टोलीले राक्सिराङ पुगेर गाउँपालिकाको स्थलगत अवलोकन गर्नुका साथै त्याहाँको वस्तुस्थितीका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लसंगले मल्लले कोभिड–१९ र त्यसबाट गाउँपालिकामा परेको प्रभावका बारेमा उहाँहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले गाउँपालिकामा बिकटतासंगै गरिबीको संख्या धेरै भएकाले थप समस्या रहेको जानकारी दिनुभयो । अध्यक्ष मल्लले गाउँपालिकामा कोरोनाबाट बच्न जनचेतना मुलक कामहरु भएको, हरेक वडामा स्वास्थ्य संस्था रहेकाले केहि सहजता मिलेको जानकारी गराउनुभयो ।
अध्यक्ष मल्ले गाउँपालिकाले एक बेडको इमर्जेन्सी सहितको ४ बेडको क्वारेन्टाईन तयारी गरिएको, गाउँपालिका छिर्ने नाकामा हेल्थ डेस्क स्थापना गरेर गाउँ प्रवेश गर्ने सबैको स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो । साथै गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका हाल सम्म १५ जना रहेको र उनिहरु मध्य ११ जनाको ¥यापीड डायग्नोष्टिक टेष्ट (आरडीटी) परिक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो । त्यस्तै गाउँपलिकाबाट हाल सम्म लकडाउनका कारण प्रभावित १ हजार ५ सय ६५ जनालाई राहत वितरण गरिएको तथा गाउँपालिकाले विकास निर्माणका कामलाई दुरी कायम गरेर सुचारु गर्ने निर्णय गरेको समेत जानकारी दिनुभएको प्रमुख खुलालले बताउनुभयो ।
सो क्रममा प्रमुख खुलालले त्याहाँको क्वारेन्टाईन कक्ष, राहत वितरणमा अपनाईएको विधिलगायतको अवलोकन गर्नुभएको थियो । सो क्रममा उहाँले गाउँपालिकाको विकास निर्माणका काम सुचारु गर्ने निर्णय सराहनीय रहेको तर, कामदारको सुरक्षालाई ध्यानमा राखेर काम सुचारु गर्न सुझाव दिनुभयो । त्यस्तै प्रमुख खुलालले राहत वितरणलाई एकद्धार प्रणलीबाट मात्र वितरण गर्न तथा सचेत भएर काम गर्न सल्लाह दिनुभयो । उहाँले त्याहाँ उपस्थित गाउँपालीका उपाध्यक्ष निर्मला हिमडुङलगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसंग समेत जानकारी लिनुभएको थियो ।
टोलीले बुधबार मनहरी गाउँपालिकामा पनि अनुगमन गर्नुका साथै छलफल गरेको छ । गाउँपालिकामा हावाहुरीले पु¥याएको क्षतीका बारेमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष मनीला बिष्टसंग जानकारी लिएको हो । अनुगमन टोलीमा भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठक, जिससका नायवसुब्बा उपेन्द्र पोखरेल लगायतको सहभागिता थियो ।