मकवानपुर– मकवानपुर कुखुरा व्यवसायी संघले जिउँदाे कुखुराकाे मुल्य यथावत राखिएकाे जनाएकाे छ । कुखुराको मासुको मुल्यवृद्धिका विषयमा चौतर्फी विरोध भएपछि संघले आज प्रेस विज्ञप्ती जारी गर्दै मुल्यको बारेमा जानकारी गराइएको हाे ।

संघका अध्यक्ष राजु अधिकारीद्धारा आज एक विज्ञप्ती जारी गर्दै चैत ६ गते बसेको संघको बैठकले जिउँदो ब्रोइलर कुखुरा प्रतिकेजी १२५ निर्धारण गरिएको र साेहि बमाेजिम खिरद बिक्री गर्न आग्रह गरिएकाे छ । हाल कुखुराको लागत मुल्यनै १८० प्रतिकिलो पर्न जाने भएकाले कमसेकम लागत मुल्य भएपनि किसानले पाउनुपर्छ भन्ने हेतुले केहि मुल्य समायोजन गर्न खोजिएको भए पनि चौतर्फी विरोध आएकोले हाललाई जिउँदाे कुखुराकाे मुल्य प्रतिकिलो १२५ नै यतावत् राखी जिल्लामा रहेका सप्लार्यस तथा किसानहरुलाई उक्त मुल्यमा खरिद विक्री गर्न आग्रह गरेको छ ।

अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तीमा एक सय प्रतिवटा भनिएको जिउँदो कुखुरा ब्रोइलर नभई लेर्यस कुखुरा भएको र त्यो पनि १२ दिन अगाडीको मुल्य रहेको बताइएकाे छ । व्यवसायीहरुले जोखिम मोलेर व्यवसाय गरिरहेको अवस्था रहेको तथा दाना बनाउने कच्चा पदार्थ दिन प्रतिदिन अभाव भइरहदाँ उच्च मुल्यमा कच्चा पदार्थ खरिद गर्न बाध्यता रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएकाे छ । मुल्यबढ्दा लागत बढ्ने भएकाले विक्री मुल्य बढाउन खोज्दा यसलाई कालोबजारकिो नामाकरण नगरी मानविय भावनाले हेरिदिन अध्यक्ष अधिकारीले विज्ञप्ती मार्फत अनुरोध गर्नुभएकाे छ ।