मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको बागमती गाउँपालिकालाई बुधबार राहत सामग्री प्रदान गराइएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाइ ५५ प्याकेट राहत सामग्री प्रदान गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेकाे लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरी गरेर खानेलाइ समस्या हुने भन्दै उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरले उपलब्ध गराएकाे राहत सामग्रीबाट गाउँपालिकालाइ राहत उपलब्ध गराएकाे जिसस प्रमुख खुलालले जानकारी दिनुभयाे । उद्योग परीसंघ प्रदेश समितिद्धारा बागमती प्रदेश सरकार मार्फत र उद्योग संघ मकवानपुरले जिल्लावासीका लागि भन्दै जिससलाइ राहत उपलब्ध गराएकाे छ । उपलब्ध राहत सामग्रीबाट आजै हेटौंडा उपमहानगरपालिका विभिन्न वडाहरूमा समेत राहत प्रदान गरिएकाे उहाँले जानकारी दिनुभएकाे छ । आज हेटाैंडाकाे वडा नम्बर ८, ९ र ११ नम्बर वडा कार्यालयलाइ रहत प्रदान गरिएकाे प्रमुख खुलालले जानकारी दिनुभयाे । यस अघि जिससलाइ प्राप्त राहत सामग्रीबाट जिल्ला समन्वय समिति चितवन, हेटाैंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मामाघर नेपाल मकवानपुर र ओम बृद्धाश्रमलाइ राहत उपलब्ध गराएकाे छ ।