हेटौंडा– मकवानपुरमा उपभोग्य वस्तु तथा सेवाको आपूर्तिकाे समन्वय उद्योग वाणिज्य संघलाइ दिइएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा आज बसेको कमाण्ड पाेष्टकाे बैठकले जिल्लामा आवश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिको समन्वय मकवानपुर उद्योग वाणिज्य संघले गर्ने निर्णय भएको हाे ।

नाेभेल काेराेना राेग राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितीकाे निर्णय कार्यान्वयनका सन्दर्भमा आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे कमाण्ड पाेष्टकाे बैठकले जिल्लामा आवश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिको समन्वय गर्ने जिम्मा मकवानपुर उद्योग वाणिज्य संघले गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयाे ।
लक डाउनका बेला उपभोग्य वस्तु तथा सेवाको अभाव हुन नदिन, अस्वभाविक मूल्यवृद्धि वा कालाबजारी समेत हुन नदिन व्यवसायीको छाता संस्थालाई जिम्मेवार बनाइएको हाे ।

दैनिक उपभोग्य वस्तुको सहज ढुवानीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहजीकरण गर्ने भएपछि व्यवसायीको छाता संस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघले समन्वयको कार्य गर्ने निर्णय भएको बैठकमा सहभागी मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । यसअघि हिजो मात्रै मकवानपुर उद्योग वाणिज्य संघले खाद्यान्न व्यवसायी संघसँगको समन्वयमा दैनिक उपभोग्य खाद्यान्न वस्तुको बजार मूल्य सार्वजनिक गरेको थियो ।

बैठकका निर्णयहरू