हेटौंडाः ३७ औं वी.पी. स्मृति दिवसका अवसरमा हेटौंडामा शनिबार वी पी बिचार गोष्टीको आयोजना गरिएको छ । सप्ताहव्यापि रुपमा वीपी कोईरालाको स्मृति दिवश मनाउने कार्यक्रम अन्तरगत नेपाल विद्यार्थी संघ मकवानपुरले पार्टी कार्यालयमा वी.पी. र बर्तमान विषयक विचार गोष्ठीको आयोजना गरिएको हो ।
नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमूख अतिथि बानियाँले वी.पी. कोईराला साहित्यकार मात्र नभएर मूर्धन्य राजनेता भएको बताउनुभयो । उहाँकै योगदानबाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको नेता बानियाँको भनाई थियो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, प्रवक्ता प्रदिप कोईरालालगायतले वी.पी. कोईरालाको योगदानको स्मरण गर्नुभएको थियो । कार्यक्रममा कृषि तथा वन संकाय हेटौंडाका प्रमुख बलराम भट्ट, वनविज्ञान हेटौंडा क्याम्पस प्रमुख विजयकुमार यादव, प्रजातान्त्रिक प्रध्यापक संघ मकवानपुरका सहसचिव श्रीहरि भट्टराई, निर्मल बहुमुखी क्याम्पसका प्रमुख सुभाष कँडेल, प्रजातान्त्रिक प्रध्यापक संघ मकवानपुर क्याम्पसका अध्यक्ष उमेश अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसले वी.पी. कोईरालाको ३७ औं स्मृतिदिवस विभिन्न कार्यक्रम गरेर साताव्यापीरुपमा मनाउँदै छ । सप्ताहव्यापि कार्यक्रम अन्तरगत साउन ५ गते हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण, साउन ६ गते हेटौंडा ११ सरस्वती खोलास्थित वी.पी. बाटिकामा बृक्षारोपण, साउन ७ गते विचार गोष्ठी र रक्तदान कार्यक्रम आयोजना गर्ने कांग्रेस मकवानपुरका सचिव आनन्द कठायतले जानकारी दिनुभयो ।