मकवानपुर – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् एमाले नेता डोरमणि पौडेलले एमाले सरकारले गरेका कामकै कारण एमालेलाई जनताको साथ रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा–१६, मा आयोजित बृहत कार्यकर्ता भेटघाट, बनभोज तथा जनसांस्कृतिक कार्यक्रम एवं राष्ट्रिय युवा संघ नेपाल प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको दावी गर्नुभयो ।

No description available.

प्रथम मुख्यमन्त्री पौडेलले जनताको सुख दुखको साथि नेकपा एमाले पार्टी मात्र भएको दावि गर्दै एमाले सराकारका पालामा भएका कामको हिसाब जनताले चुनावमा जिताएर दिने उल्लेख गर्नुभयो । सुखी नेपाली समृद्ध नेपालको परिकल्पनाका साथ एमाले सरकारले अनगिन्ती काम गरेको उहाँको भनाई थियो । उहाँले एमाले जहिले पनि सरकारमा गएको छ जनताको हितका लागि मात्र काम गरेको भन्दै त्यसैले पनि एमाले प्रति जनताको विश्वास रहेको बताउनुभयो । निर्वाचन आयोगमा ८९ वटा पार्टी दर्ता भएता पनि जनताको सुख दुखको पार्टी एमाले मात्र हो भन्दै उहाँले अरु पार्टीको आवश्यक नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “मुलुकको समृद्धि र बिकास गर्ने पार्टी एमाले हो । ईतिहास हेर्दा हुन्छ । मनमोहनको पालको सरकार हेरौ, केपि ओलि सरकार हेरौ । अफै मुल्यांकन गरौ ।”

No description available.

एमाले हेटौंडा १६ नम्बर वडा कमिटीका अध्यक्ष सागर बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले प्रदेश सदस्य कमलबहादुर बिष्ट, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल, सचिवालय सदस्य एवम् अनेम संघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, सचिवालय सदस्य एवम् युवा ईन्चार्ज संतोष चौलागाई, हेटौंडा नगर अध्यक्ष शालिकराम पुडासैनी, बाशुदेव दंगाललगायतको आतिथ्यता थियो । सो अवसरमा अमृत सापकोटाको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय युवा संघ नेपाल १६ नम्बर वडा कमिटी समेत सर्वसम्मत चयन भएको थियो ।

No description available.