मकवानपुरमा साना–ठुला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् ।
हेटौडा — भूक्षय र पहिरोको दृष्टिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना–ठुला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् । जिल्लाको कुल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६६० हेक्टर ९६ दशमलब ४९ प्रतिशत० जमिन मात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ । ७४ हजार १३२ हेक्टर जमिन ९कुल जमिनको ३० दशमलब ७३ प्रतिशत० खहरे र बाढीपहिरोबाट सधैं जोखिममा छन् । त्यस्तै, ६३ प्रतिशत जमिन ९५१ हजार हेक्टर भूभाग० भूक्षयका कारणले उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयका पूर्वप्रमुख पुष्पराम थापाले बताए । उनले भने, ‘अवैज्ञानिक खेती प्रणाली, भूमिको सही उपयोग तथा व्यवस्थापन गर्न नसक्दा मकवानपुर प्राकृतिक प्रकोपको रूपमा पहिरो र भूक्षयको जोखिममा रहेका छ ।’ भूक्षय र पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै सोलुखुम्बुपछि दोस्रो हो । भूसंरक्षणका महत्त्वपूर्ण उपाय अवलम्बन नगरिएकाले मकवानपुरको ठूलो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । भौगर्भिक सूचना प्रणालीबाट अध्ययनपश्चात् मकवानपुरमा एक हेक्टर क्षेत्रफलभन्दा सानो पहिरोको संख्या ७५१ छ । एकदेखि २ हेक्टरभित्रका पहिरो १५६ वटा, दुईदेखि तीन हेक्टरसम्म क्षेत्रफल भएको पहिरोको संख्या ६१ वटा रहेको छ । तीन हेक्टरदेखि १० हेक्टरसम्म क्षेत्रफल ओगटेको पहिरो ८५ वटा रहेको भूसंरक्षण कार्यालयका पूर्वप्रमुख थापाले बताए । ५ हेक्टरभन्दा माथि क्षेत्रफल भएका ४८ वटा पहिरो संवेदनशील अवस्थामा रहेका छन्् । संवदेनशील पहिरो मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने कैलाश गापास्थित साविकको नामटार गाविसमा मात्र १३ वटा छन् । भूकम्पले मात्र साविकको नामटार गाविसको १, २ र ३ नम्बर वडाको जमिन चिराचिरा पारेको छ । उक्त क्षेत्रका भूकम्पपीडितहरू बस्ती नै छाडेर अन्यत्र टहरा बनाएर बसेका छन् । नामटारका अधिकांश भूकम्पपीडितले बस्ती नै स्थानान्तरणको माग गरिरहेका छन् ।
नामटारको तारेभीर, भीमफेदी गापाअन्तर्गत पर्ने साविकको भैंसे ५ को रातो पहिरो, राक्सिराङ गापामा पर्ने राक्सिराङ गाविस ५ को परेवाभीरको पहिरो र इन्द्रसरोवर गापाको साविकको मार्खु गाविस ९ को छहरे पाखोको पहिरो सबैभन्दा बढीसंवेदनशील अवस्थाका छन् । यी चारवटा पहिरोका कारण नामटार तथा राक्सिराङको बस्ती र मार्खुको पहिरोले कुलेखानी जलाशय उच्च जोखिममा रहेको कार्यालय पूर्वप्रमुख थापाले बताए । उनभने, ‘ समयमै विशेषगरी यी चार वटा पहिरोको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ सबैको ७४ध्यान जानु जरुरी छ ।’ जिल्लाको कुल भूभागको ४८ दशमलब ७५ प्रतिशत क्षेत्रफल चुरे क्षेत्रले ओगटेको छ । भूबनोटको दृष्टिकोणले यस जिल्लाको लागि यो चुनौतीको रूपमारहेको छ । चुरे क्षेत्रको खहरेबाट बर्सेनि मकवानपुर जिल्लाको २ सय बिगाभन्दा बढी उर्वरा जमिन बगरमा परिणत हुँदै आएको छ भने सय परिवारभन्दा बढी सुकुम्वासी बन्दै आएका छन् । मनहरी, हाँडीखोला, पदमपोखरी, चुरियामाई, हटिया, हाँडीखोला, छतिवन, फापरबारी, राईगाउँ र धियाल चुरे क्षेत्रमा पर्दछन् । ती क्षेत्रमा रहेका सरकारी वन होस् वा उपभोक्ताहरूले संरक्षण गरेको जंगल होस् अहिले सबैभन्दा बढी मासिएका छन् जसले गर्दा आगामी दिन चुरे क्षेत्रको भूक्षय र विनाशको दरमा वृद्धि हुने कुरामा विज्ञ एकमत देखिन्छन् । जंगल मास्ने क्रममा र मानवीय गतिविधिमा भने कमी आउन सकेको छैन । मकवानपुरमा मात्र करिब १५० किलोमिटरभन्दा बढी लम्बाइमा फैलिएको चुरे पहाडको वन विनाशका खहरेले चुरे आसपासका बस्ती र उर्वर जमिनलाई क्रमशः बगरमा परिणत हुँदै गएका छन् । शिवालिक क्षेत्रका जंगल पनि त्यही गतिमा मासिँदै छन् । विगतमा तत्कालीन जिविसले निर्देशिका जारी गरेसकेपछि सरकारी तथा गैरसरकारी संस्थाहरूले आफूखुसी त्यस क्षेत्रमा योजना सञ्चालन गर्न नमिल्ने जिविसको ठहर थियो । तर सबैले आफूखुसी काम गरिरहेका छन् । चुरे शिवालिक क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरूले काम गरिरहेका छन् । प्रभावकारिता भने अत्यन्त न्यून छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको चुरे क्षेत्रको विनाश र भूक्षय बर्सेनि २ दशमलब ७५ प्रतिशतले हुने गरेको छ । यो क्रम नरोकिए बर्सेनि जंगलको विनाश र भूक्षयको प्रतिशत बढ्दै जाने भएकाले कम्तीमा दुई दशकपछि मुलुकको अन्नभण्डारको रूपमा चिनिएको तराईका जिल्लाका उर्वरा जमिन बालुवामा परिणत हुने जिल्ला समन्वय समितिको ठहर छ । चुरे संरक्षणका लागि चुरे राष्ट्रपति कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन गरिएको छ । उक्त कार्यक्रमले चुरे संरक्षणको काममा गति प्रदान गरेको थियो । गत आवदेखि चुरे राष्ट्रपति कार्यक्रम स्थानीय तहमा गएको छ । विगतमा मकवानपुरमा बकैया गापाको केही क्षेत्रमा संरक्षणका काम पनि भएका थिए । तराई क्षेत्रलाई दुःख दिन बकैया नदीको संरक्षणको काम भएको थियो । ८ सय ८५ किमि लामो रहेको उक्त चुरे क्षेत्र पहाडी तथा तराईका गरी ३४ जिल्लामा फैलिएको छ । पर्वतीय शृंखलामध्ये सबैभन्दा कान्छो र होचो पहाडको रूपमा रहेको चुरे क्षेत्रको माटो अस्थिर र भिरालो भएकाले वर्षाको पानीले नै यो क्षेत्र भूक्षय तथा पहिरोबाट ग्रसित हुने गर्दछ । मुलुकको १२ दशमलब ७ प्रतिशत भूभाग ओगटेको चुरे क्षेत्रको विनाश आफैंमा मात्रै सीमित नरहेर तराईको उर्वरा भूमिको विनाशको कारण बन्न पुगेको छ । ०२१ देखि ०३६ सम्ममा प्रतिवर्ष १८ हजार ८ सय हेक्टरका दरले जंगल र जमिन विनाश हुँदै गएको थियो । चुरे क्षेत्रको बनावटै अति भिरालो एवं कमलो माटो, गेग्रिरिन र बालुवा मिलेर बनेको छ जसले गर्दा मानवीय गतिविधिबिना नै
जोखिममा रहेको उक्त क्षेत्र अहिले मानवीय गतिविधि र विकास निर्माणका चापमा परेकाले चुरे क्षेत्रको आयु क्रमशः छोटिँदै गएको छ । चुरे क्षेत्रको आयुसँग तराई क्षेत्रको उर्वरा जमिनको भविष्य पनि गाँसिएको छ, त्यसैले चुरे क्षेत्रको दिगो संरक्षण, संवर्द्धन र विकासका कार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने धारणा विज्ञहरूको छ । चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने साविकको धियाल गाविसबाट विगतमा बस्ती नै उठाएर अन्यत्र स्थानान्तरण गरिएको थियो । केहीपछि पुनः धियालमा अतिक्रमण गरेर बस्ती नै बस्यो । जंगलहरू फँडानी भए भने अर्कोतर्फ ढंगा र बालुवा रातारात तराईतिर ढुवानी गरियो । चुरे क्षेत्रको दोहनको कारणले तराई क्षेत्रमा हिउँदमा पानी सुक्ने र वर्षायाममा बस्ती डुबानमा पर्दै आएको छ । भूक्षय र पहिरोको उच्च जोखिममा रहेका मकवानपुरको अधिकांश भूभागमा डोजर चलाएर पहाडलाई घाइते बनाउने काम भएको छ भने अर्कोतर्फ मुलुक ठूला सिमेन्ट उद्योगहरू मकवानपुरमा छन् । त्यसका चुनढुंगाको खानी पनि यहीँ नै छन् । जसले गर्दा मकवानपुरका विभिन्न भागका पहाडलाई कोतर्ने र खोतल्ने काम गरिएको छ । मकवानपुरमा हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट र रिद्धिसिद्ध सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी सबै खानी मकवानपुरका उत्तर–पश्चिमी क्षेत्रको पहाडी भूभागमा छन्। आजको कान्तिपुर दैनिकमा प्रताप विष्टले लेखेको समाचार हामिले साभार गरेका हौं ।