हेटाैंडा–मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटकको मृगौला प्रत्यारोपणपछि यो पहिलो मन्त्रिपरिषदको बैठक भएको हो । बैठक अहिले जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनु भयो ।