मकवानपुर– जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सरुवा भएर जान लाग्नुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलाई विदाई गर्नुभएको छ । जिल्ला समन्वय समितिमा आज एक कार्यक्रमको आयोजना गरेर प्रमुख खुलालले प्रजिअ भट्टलाई मायाको चिनो सहित विदाई गर्नुभएको हो ।
उहाँकाे आजै जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गृह मन्त्रालयमा सरूवा भएकाे हाे । प्रजिअमकवानपुर भट्ट मंसिर २३ गते प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएको थियो । उहाँले मकवानपुरमा रहेर करीब साढे ३ महिना काम गर्नुभयो । विदाई कार्यक्रममा बोल्दै जिसस प्रमुख खुलालले मकवानपुर रहँदा समन्वय र सहकार्य पाईएको साथै धेरै कुरा सिक्ने अवसर समेत पाएको बताउनुभयो । उहाँले मकवानपुरमा रहँदा पु¥याउनु भएको सहयोगको लागि धन्यवाद तथा आगामि कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टले मकवानपुरमा रहेर अझै काम गर्ने चाहना भएको बताउनुभयो । उहाँले जिसस प्रमुखको नेतृत्वमा काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभएको थियो । बदलीदो परिस्थितीमा काम गर्दा जनप्रतिनिधि र कर्मचारी बिचको तालमेल मिल्नु पर्ने र त्यसमा जिसस प्रमुखको भुमिका सकारात्मक पाईएको साथै आफुले धेरै कुरा सिक्ने अवसर पाएकाे बताउनुभयो ।
त्यस्तै आईतबारै जिल्ला प्रशासन कार्यालय र राष्ट्र सेवक मिलन केन्द्र मकवानपुरले पनि प्रजिअ भट्टलाई विदाई गरेको छ । केन्द्रका अध्यक्ष बद्रीबहादुर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका जिल्ला उपाध्यक्ष दीर्घनारायण कोईराला, निबर्तमान अध्यक्ष रामकृष्ण थापा लगायतले उहाँलाई एक कार्यक्रमको आयोजना गरेर विदाई गरेको हो । सोहि अवसरमा राष्ट्र सेवक मिलन केन्द्रद्धारा मुख्यमन्त्री तथा मन्त्री परिषद, बागमति प्रदेशमा सरुवा भई आउनुभएका उपसचिव मदन पोखरेललाई स्वागत समेत गरेकाे थियाे । कार्यक्रममा मकनानपुरका सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिको उपस्थिती थियो ।