मकवानपुर– मकवानपुरको पुर्वी बकैया र बागमती गाउँपालिकामा सञ्चालित नमुना प्रारम्भीक सिकाई कक्षाको बिहीबार अनुगमन गरिएको छ । प्लान ईटरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास संस्था नेपालद्धारा सञ्चालित प्रारम्भीक सिकाई तथा पढाई शैक्षिक सामग्री निर्माण तथा प्रयोग एवम् भीत्ते किताब लेखन र पढाई व्यवस्थापन सम्बन्धी जिल्लाका दुई पालिकामा गरि ६ वटा विद्यालयमा अनुगमन गरिएको हो ।

सामुदायिक विकास संस्था नेपालले प्लान इन्टरनेशनल नेपालको सहयोगमा बागमती गाउँपालिकामा ६ वटा विद्यालयहरुमा १५ वटा नमुना प्रारम्भीक सिकाई कक्षा निर्माण गरेको छ । उक्त कार्यक्रमले विद्यालयहरुमा कस्तो प्रभाब परेको छ, पढाईमा कस्तो प्रभाव पार्ने छ तथा उत्तः कक्षाको विद्यालयले कसरी प्रयोग गरेको छ भन्ने बारे स्थलगत अनुगमन गरिएको हो । टोलीले कार्यक्रम सञ्चालन भएका बागमती गाउँपालिका–८ स्थित जनता मावि, वडा नम्बर ७ पाथिभारा स्थित चौराहा आधारभुत विद्यालय, वडा नम्बर ५ भोर्लेनी स्थित गिता आधारभुत विद्यालय, वडा नम्बर ५ बगेरी स्थित बागमती आधारभुत विद्यालय, र वडा नम्बर ५ कै ज्यामीरे स्थित देवकी माध्यामिक विद्यालय र बकैया गाउँपालिका–८ को वनदेवि आधारभुत विद्यालयमा अनुगमन गरेको थियो । साथै अनुगमन टोलीले ती पालिकाहरुमा भुकम्प पुर्णनिर्माण प्राधिकरणमार्फत निर्माण भएका विभिन्न विद्यालयको समेत अनुगमन गरेको छ ।

अनुमन टोलीमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती गाउँपालिकाका अध्यक्ष सरकेश घलान, उपाध्यक्ष धनमाया स्याङतान, सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख दिपेन्द्र सुवेदी, भुकम्प पुननिर्माण पधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठक, सामुदायिक विकास संस्था (सिडीयो) नेपालका अध्यक्ष जंग बहादुर विक, कार्यक्रम संयोगक अर्जुन खड्का, प्लान इन्टरनेशनल नेपालका शिक्षा प्रमुख ओम उपे्रतीलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै टोलीले बकैया गाउँपालिकाको दूई वटा खोलामा समेत अनुगमन गरेको छ । ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको टोलीले बकैया गाउँपालिकाको आईई स्वीकृत भएका विभिन्न ६ वटा प्वाईनटहरुको अनुगमन गर्नुभएको थियो । खोला अनुगमनमा गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्राविधिक, स्थानीय सुरक्षा निकाय, वन कार्यालयलगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।
यस बाहेक अनुगमन टाेलीले तत्कालिन जिल्ला विकास समितिकै पालामा ठेक्का लागेकाे मकवानपुर, काभ्रे र ललितपुरकाे बिचमा पर्ने सिग्रे जघार स्थित पुलकाे समेत अनुगमन गरेकाे थियाे । टाेलीले उक्त पुलकाे निर्माण सम्पन्न गर्न सके ती जिल्लालाइ प्रदेश राजधानी हेटाैंडासंग जाेड्रन समेत सहज हुने जनाएकाे छ ।