हेटौंडा, कार्तिक २ । मकवानपुरमा पिकअप र मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–भैंसे सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका-१ सामरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे ।
सोमबार अपराह्न करिब ४:५० बजेको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च ०१४१ नम्बरको खुर्सानी लोडेड पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा हेटौंडा-१० बुद्धचोक बस्ने ४२ वर्षिय बिनोद लामाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुुले जनाएकाे छ। दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५:१० बजे मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको र पिकअप गाडी र पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।












