हेटाैंडा, असोज २३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिकास्तरको अधिवेशन पालिका चुनावअघि नै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आउँदो पुस ११ गते देशभरका सबै वडामा एकैदिन वडास्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी, माघ १५ मा पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो । जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनुभएको छ ।