मकवानपुरको जिल्ला अस्पतालका रुपमा रहेको हेटौंडा अस्पताल ऋण मुक्त भएको छ । जडान भए देखि नै हाल सम्म विद्युत र खानेपानीको महसुल पुर्ण रुपले तिर्न नसकेको जिल्ला अस्पताल प्रदेश सरकारको सहयोगमा श्रृण मुक्त भएको हो ।

विजुली र खानेपानीको महसुल नबुझाएको हेटौंडा अस्पतालले करिब १ करोड बक्यौता रकम बुझाएपछि पुर्ण रुपमा ऋण मुक्त भएको अस्पतालका व्यवस्थापन समिति अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभएको छ । केहि सयम मात्र पहिला करबि ११ लाख रुपैयाँ बुझाएको अस्पताको विद्युत महसुल ८० लाख र पानीको महसुरल ८ लाख २५ हजार प्रदेश सरकारले प्रदान गरेपछि पुर्ण रुपमा श्रृण मुक्त भएको उहाँले जानकारी दिनुभयो । बिधुत प्राधिकरण र खानेपानी बोर्डलाई बुझाउन बाँकि रहेको करिब ९० लाख बुझाएपछि अस्पताल ऋण मुक्त बनेको उहाँले बताउनुभयो ।

२०२२ सालमा स्थापना भएको अस्पतालमा केन्द्र सरकारबाट उक्त शिर्षकमा कम रकम आउने गरेको तथा बेलाबेलामा अस्पतालको अन्तरिक स्रोतबाट महसुल बुझाउने गरेको भए पनि बक्यौता बढ्दै गएको उहाँले बताउनुभयो । “समितिको आम्दानी कम हुने, पहिला ८ हजार आउँथ्यो, अहिले पनि केन्द्र सरकारबाट करबि ४२ हजार आउँछ तर अस्पताको विद्युत र खानेपानीको मासिक करीब १ लाख ५० हजार देखि २ लाख सम्म खर्च आउने भएकाले बक्यौता रकम बढ्दै गएको हो” अध्यक्ष पौडेलले भन्नुभयो । “नेपाल सरकारसंग पटक पटक पहल गरेको भए पनि रकम प्राप्त नभएकोले श्रृणमा रहेको अस्पताल अहिले प्रदेश सरकारको सहयोगमा श्रृण मुक्त भयो” उहाँले भन्नुभयो ।

प्रदेश ३ सरकार सामाजिक विकास मन्त्रालयबाट अस्पताललाई आएको रकम विजुली लगायत अन्य निकायमा भुक्तानी दिएको अस्पतालका मेसु डा। प्रविन श्रेष्ठले जानकारी दिनुभएको छ । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५को ल्याव केमिकल, औषधि र फार्मेसी लगायत अन्य गरि ६६ लाख रकम भुक्तानी गरेको डा। श्रेष्ठले बताउनुभयो । लामो समय ऋणी अवस्थामा रहेको हेटौंडा अस्पताल ऋण मुक्त भएको श्रेष्ठले जानकारी दिनुभएको छ ।

पहिले जिल्ला जनस्वास्थ्य मातहत संचालन हुनेबेला देखिकै हेटौंडा अस्पताको बक्यौता रकम बाँकी रहेको थियो । २०६३ सालमा जनस्वास्य कार्यालय र अस्पताल अलग÷अलग संचालन गर्ने कानुन आएको भए पनि करीब ५ वर्ष अगाडी देखि मात्र छुट्टीएको हो तर जनस्वास्थयले समेत अस्पतालकै नाममा रहेको विद्युत प्रयोग गर्ने भएकाले पनि बक्योता बढ्दै गएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । अस्पताललाई प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनका नाममा मेडीकल कलेज सञ्चालन गर्ने तयारी गरेको छ । जसका लागि प्रदेश सरकारले यो वर्षमात्रै फाउन्डेशनलाई ७ करोड करोड बजेट विनियोजन गरेको छ । जसमा २ करोड रुपैयाँ प्रतिष्ठानकालागि विनियोजन भएको छ ।