मकवानपुर– मकवानपुर प्रहरीले ६ किलो भन्दा बढी सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगन्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा सुरक्षाजाँचका क्रममा भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई ६ किलाे २८९ ग्राम ३५० मि.ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको हाे ।

मोटर पार्टसमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो । प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।