मकवानपुर, चैत्र २४ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षम वेदबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार हेटौंडाम सम्पन्न निर्वाचनम अर्का आकाक्षी दुर्गा राज श्रेष्ठलाई पराजित गर्नुहुँदै श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
मंगलबार अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदम मत्र निर्वाचन भएको थियो भने अन्य पद सर्वसम्मत रूपम चयन गरिएको थियो । निर्वाचनम श्रेष्ठ ६१.०५ प्रतिशत मत प्राप्त गर्नुभयो, भने उहाँका निकटतम प्रतिद्वन्द्वी दुर्गा राज श्रेष्ठले ३८.९५ प्रतिशत मत प्राप्त गर्नुभयो ।
यस्तै निर्वाचनबाट श्रेष्ठको नेतृत्वम जिल्ला नगरतर्फ मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमन अध्यक्ष कृष्ण कुमर गुप्ता २१ मत प्राप्त गरी उपाध्यक्षम निर्वाचित हुनुभयो । उहााका प्रतिस्पर्धी कविराज खत्रीले १० मत प्राप्त गर्नुभयो । यस्तै नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनाली १४ मतका साथ वस्तुगत तर्फको उपाध्यक्षम विजयी हुँदा उहाँका प्रतिस्पर्धी राजकुमर दाहालले ६ मत प्राप्त गर्नुभयो । भने, कोषाध्यक्ष पदका लागि भएको निर्वाचनम धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र बहादुर खत्री १३२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी जीवनकाजी मकजू श्रेष्ठले ८२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै एसोसिएटतर्फको उपाध्यक्षम कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भयो । भने, वस्तुगततर्फको सदस्य पदम ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ, एसोसिएटतर्फको सदस्यम उत्तम शर्म ढकाल र नविन्द्र देव सिंह, जिल्ला नगरतर्फको सदस्य पदम कृष्ण मुरारी न्यौपाने, जय प्रकाश श्रेष्ठ, राजकुमर कँडेल, राजन कार्की र सनत थापा निर्विरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रदेशभरिका उद्योगी व्यवसायीहरूको हकहितका लागि आफ्नो कार्यकाल समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।











