मकवानपुर- करेन्ट लागेर सोमबार मकवानपुरमा एकजनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु हुनेमा हेटौँडा १३ पदमपोखरी बस्ने ३० वर्षीय रामबहादुर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान करिब साढे ११ बजे हेटौँडा–११ थानाभर्याङस्थित सीता खाना घरमा काम गरिरहेको अवस्थामा पौडेललाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका पौडेलको उपचारका लागि चुरेहिल हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमीत्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भटराईले जानकारी दिनुभएको छ ।