फाइल फाेटाे

मकवानपुर– हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका–११ स्थित शंकरज्योति आधारभुत विद्यालयको २४ औं अभिभावक भेलाको उद्घाटन गर्दै मेयर महतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता कायम गर्न शिक्षक, विद्यार्थी, अभिभावक सबै लाग्नुपर्ने बताउनुभयो ।
मेयर महतले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउनुपर्नेमा जोड दिनुभयो । अंग्रेजी शिक्षा विश्वव्यापी शिक्षाका रुपमा कायम हुँदै गएकोले सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी माध्यमममा पढाउने व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले उपमहानगरपालिका यस विषयमा गम्भीर रहेको समेत बताउनुभयो । मेयर महतले आफ्नी छोरीको विवाहमा संकलन भएको गोड्धुवाबापतको रकम खर्चेर उक्त विद्यालयको २ कोठे भवन निर्माण गरी सहयोग समेत गर्नुभएको थियो ।
आज भएको अभिभावक भेलाले विद्यालयको अध्यक्षमा सूर्यबहादुर खुलालको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्विरोध चयन गरेको छ । कमिटी सदस्यमा पञ्चलाल लामा, यशोदा कटुवाल, पदमकुमारी थापा, कसलुराम दर्लामी मगर र रचना गोले चयन हुनुभएको छ । त्यस्तै कमिटिको सदस्य सचिवमा प्रअ मुकुन्द न्यौपाने तथा शिक्षक प्रतिनिधिमा कविता गौतम चयन हुनुका साथै मेरी लोप्चनको नेतृत्वमा शिक्षक–अभिभावक संघ समेत गठन गरिएको छ ।
भेलामा विद्यालयका प्रधानाध्यापक न्यौपानेद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिएको थियो । भेलामा वर्ष २०७४ र २०७५ का उत्कृष्ट शिक्षकहरु क्रमशः रोशन पराजुली र सहायक प्रअ रुक्मिणी कुँवर, सेवानिवृत्त शिक्षक रञ्जिता भेटवाललाई मेयर महतले सम्मानका साथै कक्षागत् प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई विशिष्ट अतिथि हेटौंडा–११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीले पुरस्कृत गरिएको थियो । थिए । वर्ष २०७५ मा कक्षा–८ को परीक्षामा “ए प्लस” ल्याउने छात्रा पूर्णिमा बिकलाई नगर एक हजार र स्टेशनरीले पुरस्कृत गरिएको थियो । भेलामा वडा सदस्यहरु अञ्जनकुमार तिमल्सिना, जुना दाहाल र आरसी न्यौपाने, नेकपा हेटौंडा–११ अध्यक्ष कृष्णप्रसाद उप्रेती, पूर्वअध्यक्ष कमलचन्द्र सुमनलगायतले शुभकामना व्यक्त गर्नुभउको थियो । भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दर्लामी मगरको सभाध्यक्षतामा भएको हो ।