मकवानपुर,माघ ११ । नेकपा (एमाले) का नेता तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले इमानदारीता आफ्नो पहिचान र लगनशीलता परिचय भएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलमा कार्यकर्ता भेटघाट तथा छलफलका क्रममा बर्तौलाले यस्तो बताउनुभएको हो ।
भेटघाटका क्रममा बर्तौलाले इमानदारीता आफ्नो पहिचान र लगनशीलता परिचय भएको भन्दै अघिल्लो निर्वाचनमा निर्वाचित भएर नीति निर्माणमा खेलेको भूमिका, विकास निर्माणका काम तथा जनताको दुःख–सुखमा सधैं साथ दिएको विषयलाई जोड दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मकवानपुरमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । सोही क्रममा बर्तौलाले चौकीटोलमा अगुवा कार्यकर्ताहरूसँग भेटघाट गर्दै पार्टीको नीति, उपलब्धि तथा आगामी योजनाबारे छलफल गर्नुभएको हो । कार्यक्रममा सहभागी कार्यकर्ताहरूले निर्वाचनमा पार्टी र उम्मेदवारलाई विजयी बनाउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।











