मकवानपुर, माघ १० । उज्यालो नेपाल पार्टी, मकवानपुरले आफ्नो चुनावी अभियान अन्तरगत पार्टीको संगठन विस्तारलाई तीव्रता दिएको छ । यसै क्रममा पार्टीका जिल्ला अध्यक्ष एवम् मकवानपुर क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योन्जन) को उपस्थितिमा बकैया गाउँपालिका–५ मा वडा समिति गठन गरिएको छ ।
यस्तै बकैयाका अन्य वडाहरुमा पनि उज्यालो नेपाल पार्टीको संगठन विस्तारको क्रम जारी रहेको उक्त पार्टीले जनाएको छ ।
संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्षेत्र नं. १ का उम्मेदवार लामाले उक्त क्षेत्रमा रहेका सडक, कृषि, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न समस्या र मुद्दाहरूलाई आफ्नो योग्यता र सक्षमताको आधारमा क्रमशः समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले आधुनिक समयमा प्रविधिको प्रभावकारी प्रयोगलाई सबै क्षेत्रमा समानान्तर रूपमा लागु गर्दै क्षेत्रगत विकासलाई तीव्रता दिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ ।











