हेटौंडा, माघ २ । ‘तनाव व्यवस्थापनका लागि सकारात्मक सोच’ विषयक अनुशिक्षण कार्यक्रम हेटाैंडामा सम्पन्न भएको छ । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको आयोजनामा हेटाैंडा–१०, स्थित टाेनी हेगन पार्कमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

May be an image of one or more people, crowd and dais

कार्यक्रममा सहभागीलाई मानसिक स्वास्थ्य, दैनिक जीवनमा देखिने तनावका कारण तथा त्यसलाई सकारात्मक सोचमार्फत कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रमलाई सहजीकरण गर्दै विजयराज सिग्देल र रामजी अधिकारीले सकारात्मक सोचको महत्व, आत्म–प्रेरणा, भावनात्मक सन्तुलन तथा तनाव न्यूनिकरणका उपायबारे स्पष्ट पार्नुभयो । उहाँहरूले सरल उदाहरण र अन्तरक्रियात्मक प्रस्तुतीमार्फत सहभागीलाई सक्रिय बनाउँदै तनावमुक्त जीवनशैली अपनाउन प्रेरित गर्नुभयो ।

May be an image of one or more people and people studying

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान समयमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको उल्लेख गर्दै यस्ता अनुशिक्षण कार्यक्रमले समाजमा सकारात्मक सोच र सुदृढ मानसिकता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले फाउन्डेसनको निरन्तर सामाजिक–वैचारिक अभियानको प्रशंसा समेत गर्नुभयो ।

May be an image of one or more people and dais

मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरका अध्यक्ष रघुनाथ खुलालकाे अध्यक्षतामा भएकाे कायर्क्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरूकाे सहभागिता थियाे । कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा थपेको र व्यवहारिक जीवनमा उपयोगी सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया दिएका छन ।