हेटौँडा, माघ १ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा सरकारको आम्दानी र खर्च दुवै अपेक्षाभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म केन्द्र सरकारको कुल खर्च वार्षिक लक्ष्यको ३५ प्रतिशत र आम्दानी ३८ प्रतिशत मात्र पुगेको छ ।
यस अवधिमा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये करिब ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च भएको छ। पुँजीगत खर्च भने सबैभन्दा कमजोर रहँदै १२ प्रतिशतमै सीमित भएको छ। आम्दानीतर्फ पनि राजस्व संकलन मध्यम रहेकाले खर्च–आम्दानीबीच असन्तुलन देखिएको छ।











