हेटौंडा, पुष–९ । मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९औं हिउदे अधिवेशन (गाउँसभा) आगामी पुस २३ गते बुधवार हुने भएको छ । मंगलवार पालिकाले एक सूचना जारी गर्दै आंधवेशन पालिकाको कार्यालय, चैनपुरमा आयोजना हुने जनाएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) बमोजिम आह्वान गरिएको पालिकाले जनाएको छ । अधिवेशनकै अवसर पारेर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटनसमेत गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । नवनिर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको उहँँले बताउनुभयो ।
मकवानपुर जिल्लाकै दुर्गम राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाखको लागतमा चारतले ४३ कोठे भवन निर्माण गरिएको छ । भवनको २०७८ असारमा जयमाता इन्जिनियरिङ निर्माण कम्पनीले निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार २०८२ असार मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने भएपनि ४ महिना ढिलो गरि भवन निर्माण कार्य सम्पन्न भएको हो । मकवानपुरका १० वटा पालिकामध्ये अब मनहरी र इन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन बाँकी छ । उक्त पालिकाहरुको पनि प्रशासनीक भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
राक्सिराङ गाउँपालिकाको १९ औं अधिवेशन पुस २३ गते
नवनिर्मित प्रशासकीय भवन पनि उद्घाटन गरिने











