नेपालमा आज थप ९ हजार ८ सय ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सम्म ४ लाख २८ हजार ६ सय ७० जना संक्रमित निको भइसकेको र निको हुने दर ७८ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसै गरी आज थप ६ हजार ९ सय ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
आज १९ हजार ३ सय १३ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ६ हजार ८ सय ५५ जना तथा ७ सय ७९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप ९६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको सङ्ख्या समेत गरी आज थप ९६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ४७ पुगेको छ ।