मकवानपुर । सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा बजार क्षेत्रको २५ गज सडक बिस्तार सुरु गरेको छ । सडक बिस्तारका लागि निजि तथा सार्वजनिक संरचनाहरु भत्काउन सुरु गरेको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाले ७/८ वटा जेसिवी प्रयोग गरेर सडक सिमा खाली गराउने काम  बिहानबाट सुरु गरेको हो । सडक सिमा भित्रको २५/२५ गज क्षेत्र खाली गराउने गरी हेटौंडा–१० राप्तीरोडबाट घरहरु भत्काउन सुरु गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच कार्यालयले सडक विस्तार कार्य सुरु गरेको छ । कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमीटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचनाहरु हटाउदै छ ।