मकवानपुर, साउन २० । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले पद तथा गोपनियताको पिथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौँडमा मंगलबार दिउँसो एक समारोहकाबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १४ वमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो । नेपालको संविधानको धारा १६८ को २ अनुसार प्रदेश प्रमुख देवकोटाले बानियाँलाई आजै दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
प्रदेशका छैठौं मुख्यमन्त्री बन्नुभएका बानियाँ नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहनु भएका बानियाँले मुख्यमन्त्री समक्ष हिजो नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गर्नु भएको थियो । उहाँलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ । मुख्यमन्त्री बानियाँको सपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।