मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको कार्यालय स्थानान्तरण गरिएको छ । हेटौंडा-४,स्थित थाहाचोकमा रहेको फाउन्डेसन र शैक्षिक सहयोग अक्षयकोषको संयुक्त कार्यालय हेटौंडा-४ स्थित परिजातपथमा स्थान्तरण गरिएको हो ।
नयाँ स्थानमा स्थानान्तरण भएको फाउन्डेसनको कार्यालयको मंगलबार एक कार्यक्रमकाबिच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभयो । सो अबसरमा प्रमुख अतिथि पौडेलले मदन भण्डारीको विचार र आदर्शलाई संस्थागत रूपमा अघि बढाउन फाउन्डेसनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिनुभयो ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेसनको गतिविधिमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा अध्यक्ष खुलालले फाउन्डेसनको उद्देश्य र भविष्यका योजना सार्वजनिक गर्दै सबैलाई धन्यवाद दिनुका साथै निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो ।