२० वैशाख, हेटौँडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन हुनु भएको छ । शनिबार हेटौंडामा भएको फाउन्डेसनको चौथो धारणसभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्म बस्नेत, सचिवमा कुमार केसी, सहसचिवमा चन्द्रावती पनेरु र कोषाध्यक्षमा गोकर्ण तीवारीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मुकुन्द अधिकारी, आशाकाजी श्रेष्ठ, कमल कुमार विश्कर्मा, भगवती पुडासैनी, तुलसी रिजाल, किताब सिं लामा, विवश अधिकारी, रबि रेग्मी, खेमराज जर्गा मगर, विश्वराज राई, राधिकार चौलागाई, अर्जुन ढकाल, निर्मला ब्लोन, भवमाया श्रेष्ठ, किरन लामिछाने र सम्झना पौडेल चयन हुनुभएको छ ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता एवम् फाउन्डेसनका संस्थापक अध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट हेटौंडा ८ कमानेकी शुभद्रा रेग्मीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा फाउण्डेशनका संस्थापक सदस्य डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्यहरु रामेश्वर राना, केदार न्यौपाने, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतको आतिथ्यता रहेको थियो ।