हेटौँडाः हेटौंडामा जारि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा भएको हेटौंडा आईडलको उपाधि उपाधि दीपा स्याङ्तानले जितेकी छिन् । गायन प्रतिभाको खोजी गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको उपाधि दीपा स्याङ्तानले जितेकी हुन् ।
आइडलमा सहभागी अन्य ३४ प्रतिस्पर्धीलाई उछिन्दै उनले आइडलको उपाधिसहित नगद ५१ हजार १५१ रुपैयाँ जितेकी छन । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा हेटौंडा आइडलको आयोजना भएको थियो । सहभागी ३५ जनामध्ये प्रि–अडिसनबाट १६ जना छनौट भएका थिए । दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा स्याङ्तानले आइडलको उपाधि जितेकी हुन् । आइडलमा सुशान शाही ठकुरी दोस्रो, दिलिप लामा तेस्रो, प्रकाश वाइबा चौथो र शुक्र महर्जनले पाँचौ स्थान हाँसिल गरे । दोस्रो भएका ठकुरीले २५ हजार १५१, तेस्रो भएका लामाले १५ हजार १५१ तथा क्रमशः चौथो र पाँचौ भएका महर्जनले ५ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
आइडलमा मकवानपुरे गायक, गायिका तथा संगीतकारहरु कृष्णगोपाल सिंह, सुनिता बुर्लाकोटी लुइँटेल र ईश्वर खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । गायन क्षेत्रका नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ हेटौंडा आइडलको आयोजना गरिएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए । आइडलका सहभागीले ७ गतेबाट स्टेज प्रस्तुति दिँदै आएका थिए । हेटौंडा आइडल व्यवस्थापन उपसमितिको संयोजकमा टाकाराज थापा रहेका थिए ।