मकवानपुर । हेटौंडा–८, कमानेमा बुधबार आज भएको डोरी तान्ने प्रतियोगितामा किरणचोक र देवनगर टोल प्रथम प्रथम भएको छ । कमानेस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ रजजयन्तीको अवसरमा शब्दाव्यापी कार्यक्रम अन्तर्गत आज भएको टोलस्तरीय प्रतियोगितामा महिला तर्फ किरणचोक र पुरुष तर्फ देवनगर टोल प्रथम भएको हो ।

महिलातर्फ सातवटा र पुरुषतर्फ नौवटा टोलले सहभागिता जनाएको प्रतियोगितामा महिलातर्फ मनकामना (ख) र पुरुषतर्फ मनकामना (क) टोलले द्वितीय स्थान हासिल गरेको संस्थाका सदस्य एवम् सहकारीका युवा तथा खेलकुद संयोजक कुमार केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले नगद १० हजार तथा द्वितीय हुने टोलीले नगद ५,००० पुरस्कार पाउने उहाँले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि सरसफाई कार्यक्रम र पर्सि ९ गते बालक्लब स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश कुमार पौडेल, चन्द्रोदय माविका प्रअ जीवन ढकाल, संस्थाका कोषाध्यक्ष उमानाथ आचार्यm सदस्यहरू मिरा पौडेल, लक्ष्मी थापा, रामप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।









