हेटौंडा । सञ्चारिका समूह मकवानपुरको अध्यक्षमा निशा गुरुङ चयन हुनु भएकाे छ । समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
अधिवेशनबाट समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन हुनु भएकाे छ । यसैगरी, सदस्यहरुमा क्रमशः सम्झना थापा, सुनिता विष्ट, स्मिता अर्याल, सुप्रभा चौलागाईँ, अस्मिता भट्टराई, रविना घिमिरे, आँचल तिमल्सिना र सुमिना चौलागाई चयन हुनु भएकाे छ । कार्यसमितिको बैठकले रमा बिष्ट र गीता कार्कीलाई सदस्यमा मनोनीत समेत गरेकाे छ ।
सञ्चारिका समूहकी निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको अध्यक्षता एवम् सञ्चारिक बागमती प्रदेश अध्यक्ष सरिता दाहालको प्रमुख आतिथ्यतामा अधिवेशन भएकाे थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, प्रेस युनियनका सचिव बलराम पुडासैनी, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाई, स्वतन्त्र पत्रकार संघका मकवानपुर अध्यक्ष गोकुल अधिकारीले मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।