हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित हुनुभएको छ । शनिबार राती सम्पन्न मतगणनाको नतीजाअनुसार ४८ मतसहित चौलागाई उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । एसोसिएटतर्फको उपाध्यक्षका आकांक्षी विष्णु खनाल ३३ मतसहित पराजित हुनुभयो । एसोसिएटतर्फको सदस्यमा नवराज खतिवडा ६४ मत र अंकिता सुमार्गी ५४ मतसहित विजयी हुँदा ३८ मत प्राप्त गरी पुजन विडारी पराजित हुनुभयो । एसोसिएटतर्फ ८१ मत खसेको थियो । एसोसिएटमा निर्वाचित उपाध्यक्ष र सदस्य सबै प्रमोद सिंह रानाभाट प्यानलका उम्मेदवार हुन् ।