जाजरकोट भूकम्पमा विभिन्न जिल्लामा झन्डै ३८ सय वटा घरमा क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्ण र आशिंक गरेर ३८ सय वटाभन्दा धेरै घरमा क्षति पुगेको हो ।
भूकम्पमा नाै सय ३७ वटा घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार नाै सय ५४ वटा घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । सबैभन्दा धेरै जाजरकोटमा नाै सय पाँच वटा घर पूर्णरूपमा भत्किएका छन् ।
भूकम्पमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । गएकाे शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।