हेटाैंडा । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी दशैं–तिहार पर्वलाई लक्षित गरी दशैं योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैँ र तिहारलाई लक्षित गरेर विशेष “कार्निभल” योजना सार्वजनिक गरेको हो ।

वर्डलिंकको नयाँ र पुराना दुवै प्रयोगकर्ताका लागि ल्याईएको उक्त योजना अन्तर्गत मुख्य आकर्षणको रूपमा विद्युतीय कार जित्ने अवसर राखिएको कम्पनीले जनाएको छ । वल्र्डलिंकले कार जित्ने योजना अन्तर्गत ‘नामी’ ब्रान्डको विद्युतीय कार बम्पर उपहार स्वरूप जित्न सकिने घोषणा गरेको छ ।

नयाँ इन्टरनेट कनेक्सन लिने र पुराना प्रयोगकर्ताले आफ्नो सेवा नवीकरण गर्ने प्रयोगकर्ताहरू यस योजनामा सहभागी हुन सक्ने जनाईएको छ । तर, कम्पनीले खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई मात्र यस अफरमा सहभागी गराउने समेत जनाएको छ ।

यस्तै चार्डवर्प लक्षीत योजना अन्तरगत वल्र्डलिंकले सामसङ र बोट ब्रान्डका विभिन्न उत्पादनहरूमा ३९ प्रतिशतसम्म छुटको अफर पनि उपलब्ध गराएको छ। यस छुटले प्रयोगकर्ताहरूलाई चाडपर्वको समयमा नयाँ प्रविधि र मनोरञ्जनका उत्पादनहरूमा आकर्षित गराउने र उनीहरूलाई थप प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । वर्ल्डलिंकले चाडपर्वको समयमा आफ्ना ग्राहकलाई पुरस्कृत गर्नुका साथै नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै बजारमा थप चलायमानता ल्याउने लक्ष्य राखेको छ ।