हेटौंडा । बागमतीका प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पदभार ग्रहण गर्नु भएकाे छ । नवनियुक्त प्रदेश प्रमुखलाई निबर्तमान प्रदेश प्रमुख यादब चन्द्र शर्माले पदभार ग्रहण गराउनुभयाे ।

बुधबार प्रदेश प्रमुखमा नियुक्त हुनु भएका उहाँले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएकाे थियाे । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम उहाँलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएकाे थियाे । बागमती प्रदेशमा यसअघि यादवचन्द्र शर्मा प्रदेश प्रमुख हुनु हुन्थ्याे । शर्मा नेकपा माओवादी नेतृत्वको सरकार हुँदा प्रदेश प्रमुखमा नियुक्त हुनु भएकाे थियाे । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक लगायतकाको उपस्थिती थियो ।