मकवानपुर । नेपाली काँग्रेसले बागमती प्रदेशको आगामी मुख्यमन्त्रीको रूपमा बहादुरसिंह लामालाई अघि सारेको छ । आइतबार बसेको संसदीय दलको बैठकले दलका नेता लामालाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो।
केन्द्रमा कांग्रेस र एमालेबिच नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको छ। वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । काँग्रेसले आफ्ना सांसदहरूलाई जम्कट्टेलको विपक्षमा मतदान गर्न ह्विप समेत जारी गरेको छ।
१ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । यी दुई दल मिल्दा बहुमतका लागि आवश्यक ५६ मत सहजै पुग्ने देखिन्छ। कांग्रेस, एमाले र राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने यसअघिनै स्पष्ट पारिसकेका छन्।