प्रतीकात्मक तस्बिर

मकवानपुर । मकवानपुरमा शुक्रबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको बागमती गाउँपालिका–९,बेतिनीका २० वर्षीय रामराज बम्जनको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ४ बजेको समयमा बकैया गाउँपालिका–४, माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बम्जनलाई करेन्ट लागेको हो । करेन्ट लागेर अचेत अवस्थामा रहेको बम्जनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा साझ ५ः३० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
खेतको आलीबाट लडि एक जनाको मृत्यु
यस्तै शुक्रबार हेटौंडा–१८ हर्नाफाटमा खेतको आलिबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे हेटौडा–१८ हर्नाफाट बस्ने ७१ बर्षिया प्रेम बहादुर तुमसिनको खेतको आलीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घर देखी अन्दाजी ५ सय मिटर पुर्ब तर्फ छिमेकिको खेतको आलीबाट लडि खेतको हिलोमा घोप्ट अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।