प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाका अनुसार ओलीले साउन ६ गते संसद् बाट विश्वासको मत लिन लाग्नुभएको हो ।
सोही दिन १ बजे संसद् बैठक बस्दैछ । साथै, सोही दिन अोलीले राष्ट्रका नाममा सम्बोधन पनि गर्दै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संविधानमा प्रावधान छ ।
ओली गत आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली मुलुकको ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो ।











