इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई हराएको छ । आर्सनल घरेलु मैदानमा २–० गोलले पराजित भयो । लिभरपुलका डिएगो जोटा र रोबर्टो फिर्मिनोले गोल गरे । यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एक बनाएको छ । लिभरपुलको २९ खेलबाट ६९ अङ्क छ । समान खेलमा शीर्षस्थानको सिटीको ७० अङ्क छ । पराजित आर्सनल २७ खेलबाट ५१ अङ्कका साथ चौथो स्थानमा यथावत् छ । अर्को खेलमा टोटेनह्यामले ब्राइटनलाई २–० ले हराएको छ । टोटेनह्यामका क्रिस्टियन रोमेरो र ह्यारी केनले गोल गरे । जितसँगै टोटेनह्यामको २८ खेलबाट ४८ अङ्क भएको छ । टोटेनह्याम साताैँ स्थानमा छ । पराजित ब्राइटनको २९ खेलबाट ३३ अङ्क छ । ब्राइटन १३औँ स्थानमा छ ।