मकवानपुर । मकवानपुरको मनहरीले गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम गाउँसभामा सार्वजनीक गरेको छ । बुधबार १५ओैं गाउँसभामा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनीक गर्नुभएको हो ।
नीति कार्यक्रम सार्वजनीक गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिक्ता दिँदै सामाजिक विकास र भौतिक पूर्वाधार विकासलाई जोड दिने नीति लिईएको बताउनु भएको छ ।
उहाँले “शिक्षा, स्वास्थ्य, कृषि र पूर्बाधार समृद्ध मनहरीको आधार“ भन्ने मूल नाराका साथ सामाजिक एकताको भावनासाथ समृद्ध मनहरी बनाउने र आम महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, आदिबासी जनजाती, चेपाङ्, लोपोन्मुख जाति वनकरीया, अल्पसंख्यक बोटे समूदाय लगायत आर्थिक सामाजिक रुपले पछाडी परेका सबै बर्ग तह र तप्काका जनताको हीत हुने गरि समृद्ध मनहरीको सपना साकार बनाउने नीति लिईने बताउनुभयो ।
उहाँले आगामी आवमा वर्ष कृषि उत्पादनको बजार सुनिश्चततासंगै पालिकामा उत्पादन हुने मुख्य बालीको समर्थन मूल्य तोक्ने निति लिईने बताउनुभयो । यस्तै कृषि उत्पादन बृद्धिका लागि उत्पादनमा आधारीत प्रोत्साहन कार्यक्रम, बाँझो जग्गा उपयोगमा ल्याउन प्रोत्साहन कार्यक्रम, माटो परिक्षण प्रयोगशाला निर्माण तथा निशुल्क माटो परिक्षण एवम् ५० प्रतिशत अनुदानमा चुन तथा सुक्ष्म तत्व वितरण, पकेट क्षेत्र, सामुहि खेति, करार खेति तथा चकलाबन्दी खेतीलाई प्रोत्साहन गर्ने नीति लिईने बताउनुभयो ।
कृषि बिमा कार्यक्रमलाई प्रभावकारी र पहुँच योग्य बनाई विपन्न कृषकको लागि निशुल्क बिमा कार्यक्रम, कृषि तथा पशु बिमा प्रभावकारी बनाउन विमा कर्मचारीको व्यवस्था गर्ने उहाँले बताउनुभयो । यस्तै कृषि ऋण कोष स्थापना गर्न सम्भाव्यता अध्यन गर्ने तथा किसान कर्जा कार्डको परिक्षण सुरुवात गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष एक वडा एक कृषि उत्पादन कार्यक्रम, प्राङगारिक खेती प्रद्र्धन क्षेत्र स्थापना गर्ने नीति लिईएको बताउनुभयो ।
गाउँपालिकाकाले आगामी आर्थिक वर्ष बाट गरिव तथा विपन्न परिवारलाई अन्तिम संस्कार (दाहसंस्कार÷अन्त्येष्टि) का लागि आर्थिक सहयोग गर्ने जनाएको छ । अध्यक्ष कालाखेतीका अनुसार कतिपय विपन्न परिवारहरुमा आर्थिक अवस्थाका कारण काजक्रिया खर्चका लागि समस्या हुने गरेको पाइएपछि यस्तो नीति अवलम्बन गरिने बताउनुभयो । यस्तै उहाँले पालिकाले आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलिएत दिने नीति लिइएको बताउनुभयो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस