मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा बुधबार पालिका स्तरीय अन्तर विद्यालय गणित प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गणित शिक्षण सिकाइ सामग्रीको प्रदर्शनी पञ्चकन्या मावि कुलेखानीमा भएको हो ।

कार्यक्रममा पञ्चकन्या मावि, कुलेखानी प्रथम, रामचन्द्र आधारभुत विद्यालय दोस्रो तथा सरस्वती बालबोधिनी मावी तेस्रो भएका छन । उनिहरुले जनही १० हजार, ७ हजार र ५ हजार प्राप्त गरे । कार्यक्रममा विद्यार्थीले गणित पढ्न आवश्यक सामग्रीहरू धन, बेलना, क्लाइनो मिटर, वृत्त, जियो बोई आदिबाट गणितसम्बन्धी मूर्त रूपमा धारणा विकास गर्ने प्रक्रियासहित प्रदर्शनी गरेका थिए । गणितलाई प्रयोगात्मक रूपमा अध्ययनअध्यापन गराउन सजिलो होस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रहलाद कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।