प्रतीकात्मक तस्बिर

हेटौंडा । हेटौंडामा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौडा –११, थानाभर्‍याङमा बसको ठक्करबाट नाम, ठेगाना नखुलेका अन्दाजि ३५ वर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हेटौडाबाट चितवन तर्फ जादै गरेको ना ७ ख १६७५ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले ठक्कर दिने बस र चालक जिल्ला रौतहट चन्द्रनिगाहापुर–पौराही बस्ने बर्ष ५८ का कृष्ण बहादुर थापालाई नियन्त्रणमा लिएको साथै शब हेटौडा अस्पतालमा रहेको जनाएको छ ।