file photo

मकवानपुर । बागमती प्रदेश सरकारले अन्तर्गतका सरकारी कार्यालयमा तीन भाषामा साइन बोर्ड र लेटरप्याड लेख्नुपर्ने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड र लेटरप्याड लेख्नुपर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आगामी बैशाख २४ गतेबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बैशाख २४ गते काठमाडौंको वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषा शुभारम्भ गर्नुहुने बताउँदै उहाँले सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको जानकारी दिनुभयो । बैशाख २४ गतेपछि प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्ड र लेटरप्याडमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।