मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार देखि बृहत कला सृजना कार्यशाला सुरु भएको छ । सहिद सप्ताहको अवसरमा हेटौंडाको सहिद स्मारकमा आज देखि दुई दिने बृहत कला सृजना कार्यशाला सुरु भएको हो ।
कार्यशालामा ललित कला प्रतिष्ठानका चित्रकारहरुले विभिन्न चित्रहरु ब्नाउनुभईरहेको छ । कला सृजना कार्यशालामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त १० जना कलाकारहरुले चित्र कोरी रहनुभएको छ । कार्यशाला भोलीसम्म चल्नेछ ।
सहिद स्मारक विकास समितिले २५ वर्ष पुगेको अवसरमा यो वर्ष सप्ताहाब्यापी रुपमा विसभन्न कार्यक्रम गरेर दिवश मनाई रहेको छ । यस अघि दिवशका अवसरमा पदयात्रा, रक्तदान तथा वक्तृत्वकला, विभिन्न जातजातीको मौलिकता झल्कने सांस्कृतिक कार्यक्रमहरु आयोजना भईसकेको छ, भने आज र भोली दुइृ दिन कला सृजना कायशाला आयोजना गरिएको सहिद स्मारक िवकास सिमितकी सदस्य एवम् कला सृजना कायशाला कार्यक्रमकी संयाेजक सुमित्रा काफ्लेले जानकारी दिनुभयाे ।
दिवशकै अवसरमा भोली मंगलबार सहिद स्मारकमा निर्माण भएको प्रजातान्त्रिक पार्कमा रहेको प्रजातान्त्रिक योद्धाहरु पुष्पलाल श्रेष्ठ, विपी कोइराला, गणेशमान श्रेष्ठ, मनमोहन अधिकारीको शालिकको राष्टपति बिद्यादेबी भण्डारीद्धारा अनाबरण गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराईको पनि सहभागिता रहेको बताईएको छ ।
कला सृजना कार्यशालामा चित्र कोर्दै कलाकारहरु