सभामुख देवराज घिमिरेसहित चार वटा ठूला दलका शीर्ष नेतासँगकाे छलफल निष्कर्षविहिन टुङ्गिएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको थियो । तर बैठकमा कांग्रेसले संसदीय छानबिन समिति गठनको अडान नछाडेपछि निष्कर्षविहिन भएकाे हाे ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको बताउनुभयो । अब संसदमा कुनै बैठक र काम कारबाही अवरुद्ध भए त्यसको जिम्मा सरकारले लिनुपर्ने प्रमुख सचेतक लेखकको भनाइ छ ।