मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले शनिबार पनि पसल व्यवसाय खोल्न व्यवसायिलाई अनुरोध गरेको छ । संघले शुक्रबार सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै शनिबार पनि पसल व्यवसाय खोल्न उद्योगी व्यवसायीलाई अनुरोध गरेको हो ।

संघले उद्योगी/व्यवसायीहरुबाट शनिबार पनि पसल व्यवसाय खोल्न पाउनुपर्ने अनुरोध आएपछि केही वर्ष अघिदेखि नै शनिबार बजार खुल्ला गराएको भन्दै हाल स्वेच्छिक रुपमा पसल/व्यवसाय बन्द गरिरहेको हुँदा उपभोक्ताको सहजताको र बजारमा देखिएको कारोबारको सिथिलतालाई मध्यनजर गर्दै शनिबार पनि पसल व्यवसाय खुल्ला गर्नुहुन अनुरोध गरेको छ ।