file photo

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गर्नु भएकाे हाे ।

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले गत चैत्र १५ गते राजीनामा दिएपछि उक्त पद रिक्त छ । सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको छ । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसक्नु भएकाे छ । अब अर्को कुनै दलको सदस्य राष्ट्रिय सभाको उपाध्यक्ष हुनेछन् ।

यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो । तर पछि गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भएपछि गरिएको नयाँ लिखित सहमति पत्रमा राष्ट्रिय सभा उपाध्यक्ष पदबारे केही कुरा उल्लेख गरिएको छैन ।