मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेठ तेश्रो साता हुने भएको छ । मंगलबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा रुपानतरण गर्ने निर्णय भएको सचिव नवीन सिग्देलले जानकारी दिनुभयाे । बैठकले अधिवेशको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।