हेटौंडा । विश्व अटिजम सचेतना दिवसको अवसरमा हेटौंडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर अटिजम मकवानपुरको आयोजनामा हेटौंडामा दिप प्रज्वलन भएको हो ।
अटिजमको विषयमा सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सेन्टर फर अटिजम मकवानपुरका शेखर थपलियाले बताए । कार्यक्रममा हेटौंडा-४ का वडाध्यक्ष्य नवीन सिग्देल, डाक्टर हरि खड्का सहितको उपस्थिती रहेको थियो ।